वीरेन्द्रनगरमा बढ्दो अटोले दुर्घटनाको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वीरेन्द्रनगरमा बढ्दो अटोले दुर्घटनाको संख्यामा बृद्धि

विबश कुमार सेजुवाल
सुर्खेत, २३ असार । वीरेन्द्रनगर नगरपालिकामा अटो रिक्सा सञ्चालनमा भएको बृद्धिसंगै दुर्घटनाको संख्या पनि बढेको छ । वीरेन्द्रनगरमा बढ्दो अटोले दुर्घटनाको संख्यामा बृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समस्या भएको नगरपालिकाले जनाएको छ । सुर्खेतमा अघिल्लो वर्ष विभिन्न दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएकामा यो वर्षको असार सकिन नपाउँदै सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

२०७५ सालमा जम्मा तीन सय ७१ अटो रिक्सा दर्ता भएको वीरेन्द्रनगरमा यो बर्ष असारसम्म आईपुग्दा एक सय अटो दर्ता भईसकेका छन् । ट्राफिक चिन्ह तथा ट्राफिक ऐनहरुमा अस्पष्ट जस्ता समस्याहरु अटो चालकहरुमा देखिएको छ । सवारी चालक अनुमति पत्र नभए पनि अटो सम्बन्धी सामान्य ज्ञान भएकाहरुले नै अटो चलाएको पाईएको छ ।

अटो रिक्सा चालकहरुले लापरबाहीका साथ अटो चलाउने, जथाभावी बाटो काट्ने र बीच सडक मै मोड्ने जस्ता कारणहरुले गर्दा सडक दुर्घटनाको संख्या बढ्दै गएको छ । सुर्खेतमा २०७५ सालमा विभिन्न दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए भने २०७६ सालमा असार सकिन नपाउँदै नै मृत्यू हुनेको संख्या २९ पुगेको छ ।

बढ्दो अटो तथा चालकहरुको लापरबाहीका कारण दुर्घटनामा बृद्धि हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत कठिनाई भएको नगरपालिकाको भनाई छ ।

अटोले सर्वसाधारणमा केही सुविधा त ल्याएको छ नै यसले गर्दा कति युवाहरुले रोजगारी समेत पाएका छन् । यति हुँदा हुँदै पनि बढ्दो अटो सञ्चालन तथा चालकको लापरबाहीले निम्त्याएका बढ्दो दुर्घटना, ट्राफिक व्यवस्थापनमा कठिनाई जस्ता समस्याहरुलाई नजरअन्दाज गर्न सकिँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);