काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष जन्मोत्सव नमनाउने हुनुभएको छ । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने हुनुभएको निर्मल निवास स्रोतले जनाएको छ ।
हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।




