काठमाडौं, २३ असार । जलविद्युत आयोजनाकोे बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका चार वटा कम्पनीले बोलपत्र पेस गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहु“ हाइड्रोपावरले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेस गरेका हुन् ।
दातृ निकाय एसियाली विकास बैक (एडीबी) को खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।
बोलपत्र पेस गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्ट्रक्सन,नेपाल जेभ ीरहेका छन् ।
कम्पनीहरुले पेस गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहु“ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो । ‘प्राविधिक बोलपत्रको मूल्याङकन आगामी भदौको दोस्रो साता सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउ“छौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं,’ उहा“ले भन्नुभयो । ‘कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साताभित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’
पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीस“ग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहु“ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेस गर्ने अन्तिम दिन जेठ २६ गते तोकिएकोमा बोलपत्र पेस गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।




