चितवनमा सडक सुरक्षा सप्ताह मनाउन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवनमा सडक सुरक्षा सप्ताह मनाउन शुरु

राजेन्द्र आचार्य २६ बैशाख चितवन ।
चितवनमा पहिलो पटक सडक सुरक्षा सप्ताह मनाउन सुरु गरिएको छ । सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतना जगाउने उद्देश्यले भरतपुरमा अटो रिक्साहरुको ‘स्लो ¥याली’ निकाल्दै सुरक्षा सप्ताह मनाउन सुरु गरिएका हो । चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको जिल्लामा यसरी सुरक्षा सम्बन्धी कार्यक्रम

चितवनमा सडक सुरक्षा सप्ताह मनाउन शुरु

राजेन्द्र आचार्य २६ बैशाख चितवन ।

चितवनमा पहिलो पटक सडक सुरक्षा सप्ताह मनाउन सुरु गरिएको छ । सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतना जगाउने उद्देश्यले भरतपुरमा अटो रिक्साहरुको ‘स्लो ¥याली’ निकाल्दै सुरक्षा सप्ताह मनाउन सुरु गरिएका हो । चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको जिल्लामा यसरी सुरक्षा सम्बन्धी कार्यक्रम नै गरेर मनाउन सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । अटो रिक्साका सडक दुर्घटना बढेपछि तिनीहरुलाई प्रतिघण्टा ३० किलोमिटरको गतिमा हिँड्नको लागि प्रेरणा गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको उनले बताए ।

 

¥यालीको समापनका क्रममा पन्तले अटो चालकहरुलाई गति नियन्त्रण गर्दै बायाँ लेन च्याप्न आग्रह गरेका छन् । छिटो गए भन्न सकिन्न ढिलो गए अवस्थ पुगिन्छ भन्ने भनाईलाई ख्याल गर्दै सवारी चलाउन पन्तले आग्रह गरेका छन् । ¥याली समापनका अवसरमा मध्यनेपाल यातायात व्यवसायी संघ अध्यक्षका चिनीबहादुर बोहोराले आफूहरुले सवारी साधन ढिलो चलाउने प्रतिवद्धता जनाएका छन् । भरतपुरको चौबिसकोठीबाट सुरु भएको स्लो अटो रिक्सा ¥याली लायन्सचोक, पुलचोक, मेनरोड, आँपटारी, बाइपास रोड, मालपोत चोक हुँदै केन्द्रीय बसपार्क पुगेर सभामा परिणत भएको थियो ।

 

सप्ताहको अवसरमा ई–रिक्सा स्लो ¥याली, प्लेकार्ड प्रदर्शन, स्लो बाइक राइड प्रतियोगिता, सवारी दुर्घटनाको डेमो तथा अन्तिम दिन दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको चितवनमा रहेको छ । भरतपुरमा सञ्चालनमा रहेका करिब एक सय वटा भन्दा अटो रिक्साहरुको कार्यक्रममा सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);