विकट बाजुरामा पनि रिक्सा सञ्चालन ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विकट बाजुरामा पनि रिक्सा सञ्चालन !

bajura rickshaw

मदन विक
बाजुरा, २२ भदौ । विकट जिल्ला बाजुरामा पनि रिक्सा चल्न थालेको छ । अझै यातायातको राम्रो पहुँच नभएको बाजुरामा रिक्सा चल्न थालेपछि सर्वसाधारणले केही सहजता महशुस गरेका छन् ।

पढाई सकिए लगत्तै वैदेशिक रोजगारका लागि जान तयारी गर्ने युवाहरु पछिल्लो समयमा भने बैकल्पिक रोजगारीको बाटो तिर आकर्षित भएका छन् । बाजुराका दुई युवाहरु अहिले रिक्सा चलाउने तालिम लिएर रिक्सा चलाएर आम्दानी गर्न थालेका छन् ।

जिल्लाका दुई युवाहरुको मिहिनेतले विकट बाजुरामा पनि रिक्सा सञ्चालन भएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न नसकेका युवाहरुले सिटिइभिटीको सहयोगमा प्राप्त गरेको तालिम र आर्थिक सहयोगले रिक्सा सञ्चालन गरेका हुन् ।

बाजुराको बडीमालिका नगरपालिका–२ घागरका २० बर्षीय चक्र महत र सोही वडाका ३४ बर्षीय पारस कुमार गिरीले मार्तडीमा अटोरिक्सा चलाउन थालेका हुन् । परिवारको जिविकोपार्जनका लागि रोजगारीको खोजीमा भौँतारिएका उनीहरुले अहिले रिक्सा सञ्चालनबाट आम्दानी गरिरहेका छन् । स्थानीय सामुदायिक वन तथा एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा अटोरिक्सा सञ्चालन गरिरहेको चक्र महतको भनाई छ ।

आफुले जसोतसो गरी अटोरिक्सा सञ्चालन गरेर आम्दानी गरिरहेको भएपनि विभिन्न कारणले ट्राफिकले जरिवाना लिने गर्दा आफुहरुलाई गाह्रो भएको अर्का रिक्सा चालक पारस कुमार गिरीको गुनासो छ । यसतो समस्यालाई नगरपालिकाले व्यवस्थापन गरिदिए आफुहरुलाई सजिलो हुने उनको भनाई छ । उनीहरुले रिक्सा चलाएर तेल खर्च कटाएर दिनको १ हजारदेखि ३ हजारसम्म आम्दनी गर्न सफल भएका छन् ।

सामान्यतया तराईको समथर भुभागमा मात्र सञ्चालनमा आउने रिक्सा पहाडी जिल्लामा पनि सञ्चालनमा आएको छ । बाजुरा जस्तो दुर्गममा अटोरिक्सा चलाउनु सामान्य कुरा होइन । उच्च शिक्षा हासिल गर्न नपाएका युवाहरुलाई लक्षित गरी सिटिइभिटीद्धारा अटोरिक्सा चलाउने तालिम दिएर उनीहरुको सीप मूल्याङ्कन गरी अटो सञ्चालन व्यवसाय गर्न सहयोग गरिएको हो ।

अटोरिक्सा चालक महत र गिरीले अहिले जिल्लाको सदरमुकाम मार्तडीदेखि राप्क, विरेखोला, तिपाडासम्मका छोटो दुरीका यात्रुहरुलाई सवार गराईरहेका छन् । सदरमुकाम मार्तडीमा चक्रपथ सडक निर्माण भईरहेको छ । मार्तडी बजार भित्रको सडक निर्माण भईसकेपछि बजार भित्रै चलाउने उनीहरुको योजना छ । मार्तडीमा पहिलोपटक रिक्सा संचालन सेवा दिन थालेपछि अहिले छोटो दुरीका स्थानीयहरुलाई सजिलो भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);