जनकपुरमा ई–रिक्साको अत्यधिक चाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरमा ई–रिक्साको अत्यधिक चाप

जनकपुर । जनकपुर उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।

नगरमा दर्ता नगरिएका रिक्सा पनि चलिरहेको स्थानीयहरुको दाबी छ । नगरमा अत्याधिक र्ई–रिक्सा गुड्ने गरेकाले रामाचन्द्र चोक, बसपार्कलगायतका क्षेत्रमा घण्टौँ जाम हुनेगरेको छ । ई–रिक्साको भाडादर नतोकिएकाले मनपरी भाडा लिने गरेको स्थानीयहरुको गुनासो छ ।

जनकपुर उपमहानगरपालिकाले दर्ता र रुट परमिट यातायात व्यवस्था कार्यालयले दिनेगरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा नचलेको स्थानीय बासिन्दाको आरोप छ ।

जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रले ई–रिक्सा पार्किङकोलगायतका काम गर्न लाग्दा कुनै पर्व आउने गरेकाले समस्या भएको दाबी गर्नुहुन्छ । उनले छठपछि पार्किङ तथा भाडा व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरिने बताए ।

बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका इ–रिक्साका कारण जनकपुरमा सवारी आवागमन असहज बन्दै गएको छ । चालकहरुले अत्यधिक गतिमा रिक्सा चलाउने र जथाभावी रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको छ । अहिलेसम्म यसको व्यवस्थापनका लागि सरोकारवाला निकायले ठोस काम गर्न नसकेको स्थानीय बासिन्दाको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);