पूर्वराजा ज्ञानेन्द्र शाह झापामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

gyanendra-purbaraja

झापा, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार झापा पुग्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमललाई लिएर झापा पुग्नु भएको हो । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा समर्थकहरुले उहाँहरुको स्वागत गरेका छन् ।

बुधबार दिउँसो करिब साढे १ बजे झापा पुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको स्वागतका लागि विमानस्थलमा समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पूर्वराजाले समर्थकहरुको सम्मान लिँदै करिब आधा घण्टा विमानस्थलमा बिताउनु भएको थियो । पूर्व राजाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले स्कर्टिङ गरेका थिए ।

पूर्वराजा दमक नगरपालिका १५ स्थित हिमालय महालक्ष्मी गुडरिक प्रालिको चिया बगानमा रहेको मिनी दरबारमा एक महिना बस्ने कार्यक्रम रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);