पूर्वराजा र नारायणकाजीबीच जम्काभेटः यस्तो भयो कुराकानी | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

पूर्वराजा र नारायणकाजीबीच जम्काभेटः यस्तो भयो कुराकानी

narayan kaji-gyanandra

काठमाडौं, ११ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए।

काठमाडौँ फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो। श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए। हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए। जबाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए। उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए।

ताजा समाचार