चितवनको मुख्य सडकमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चितवनको मुख्य सडकमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक

चितवन, २ साउन । चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । साउन ५ गतेबाट मुख्य सडक क्षेत्रमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बताइन् ।

बढ्दो सवारी चाप र दुर्घटना कम गर्न इ–रिक्सा, अटोरिक्सा, टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जान भने निश्चित क्षेत्र तोकिएको महानगरपालिकाले जनाएको छ । चितवनमा तीन पाङ्ग्रे सवारीसाधनको संख्या करिब तीन हजारको हाराहारीमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);