बौद्ध सिमलटारबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बौद्ध सिमलटारबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवा खालमा छापा मारेर २८ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौंको बौद्ध सिमलटारस्थित एक घरबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २८ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खालबाट १४ लाख ५९ हजार ९ सय नेपाली रुपैयाँ, ११ हजार ४ सय भारतीय रुपैयाँ, एक लाख र ८० हजारको चेक एक-एक थान, ३३ थान कौडा र खेल्दै गरेको तास १३ र नखोलेको तास २१ पिस समेत बरामद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);