प्रदेश २ को प्रदेश सभा बैठक पुन: स्थगित, बैठक २५ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश २ को प्रदेश सभा बैठक पुन: स्थगित, बैठक २५ गते बस्ने

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा बैठक पुन: स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’

यसअघि असार १५ गते १ बजेका लागि बोलाइएको बैठक पनि १ दिनअगाडि स्थगित गरेको जानकारी गराउँदै २३ गते बैठकको समय निर्धारण गरिएको थियो ।

सचिवालयका सचिव रंजित यादवले बुधबार १ बजे बस्ने प्रदेश सभा बैठक आगामी असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);