लुम्बिनी प्रदेशसभाको बैठक असार २७ सम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लुम्बिनी प्रदेशसभाको बैठक असार २७ सम्मका लागि स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसोका लागि आह्वान गरिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

बुधबार बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको भन्दै सभामुखको निर्देशनअनुसार असार २७ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको सचिव दुर्लभकुमार पुनले जानकारी गराएका छन् ।

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि तोकिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);