शेरबहादुर तामाङद्धारा १९ दिने कामको विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेरबहादुर तामाङद्धारा १९ दिने कामको विवरण सार्वजनिक

काठमाडौं । पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले १९ दिने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार सर्वोच्च अदालतले पद मुक्त गरेसँगै मन्त्री तामाङले आफूले १९ दिनमा गरेका कामको उपलब्धीबारे सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरेका हुन् ।

तामाङले कोरोना महामारी नियन्त्रणमा इमान्दार भएर काम गरेको भन्दै १९ दिनमा कोरोना भाइरसविरुद्धको खोप ल्याउन सम्बन्धी सबै प्रकृया पुराभएको र केही दिनमा नै खोप आउने निश्चित भएको दावी गरेका छन् ।

तामाङले आफू मदमुक्त भएपनि राजनीतिक घटनाक्रमले खोप आउन ढिला हुने र नेपाली नागरिकको जीवन तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने समते प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिको खेलमा नेपाली नागरिकको जीवन तलमाथि गर्ने छुट दुनियाँमा कसैले नभएको उनको तर्क रहेको छ ।

तामाङले आफु स्वास्थ्यमन्त्री भएलगतै सवै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धमा प्रकृया अघि बढेको र त्यस्को कार्यन्वयन हुन बाँकी रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);