शेरबहादुर तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शेरबहादुर तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक

ser bahadur tamang

काठमाडौं, २१ साउन । पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पारेका छन् ।

१ सय ३० दिन कानुन मन्त्री भएर राजीनामा दिएका उनले हाल आफ्नो खातामा नगद ४३ हजार ९ सय ६७ रुपैयाँ रहेको र बाँकी मन्त्रीको रुपमा लिइएको तलव भत्ताले ऋण तिरिएको बताए ।

त्यसैगरी पूर्व कानुनमन्त्री तामाङले श्रीमति उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङले आफूसँग सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा जग्गा रहेको र श्रीमति राईको मोरङका विभिन्न स्थानमा र खोटाङमा पनि जग्गा रहेको बताए ।

तामाङसँग मोटरसाईकल र श्रीमति राईसँग कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पूर्व मन्त्री तामाङ र प्रदेश १ की सांसद श्रीमति राईसँग ३० तोल सुन रहेको पनि जानकारी दिइएको छ । पूर्व मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचार नियन्त्रणलाई एक मात्रै लक्ष्य बनाएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);