प्रधानमन्त्रीसहित मन्त्रीहरुकाे सम्पत्ति विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

प्रधानमन्त्रीसहित मन्त्रीहरुकाे सम्पत्ति विवरण सार्वजनिक

pm office nepal

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद गठन भएको तीन महिना पछि प्रधानमन्त्री सहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण सार्वजनिक नगरिएको भन्दै प्रधानमन्त्रीसहित मन्त्रीहरुको सर्वत्र आलोचना भएको थियो । २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका केपी ओली सहितका २२ जना मन्त्रिपरिषदका सदस्यहरुले वुधवार एक साथ सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ मा सार्बजनिक पदभार ग्रहण गरेको ब्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो चलअचल सम्पत्ति बिबरण सार्बजनिक गर्नुपर्ने प्राबधान रहेको छ । तर, बर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले मन्त्रीपरिषद गठन भएको ३ महिना पछि मात्र वुधवार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सवैभन्दा धनी यातायात मन्त्री महासेठ, सबैभन्दा गरीव सामान्य प्रशासन मन्त्री  पण्डित

बुधवार सार्बजनिक गरिएको सम्पत्ति बिबरण अनुुसार सवैभन्दा धनी यातायात मन्त्री रघुुबीर महासेठ देखिएका छन् भने सबैभन्दा गरीव सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डित देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि धनी नै देखिएका छन् ।

वुधवार सार्वजनिक गरिएको बिबरणमा प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको छ । यस्तै उनको श्रीमती राधिका शाक्यको नाममा भक्तपुर सूर्यबिनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीन तले २ वटा घर, त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, र २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ ।  ओलीसँग १७ तोला सुनको गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको ललितपुरमा एक र धनुषामा २ गरी तीनबटा घर रहेका छन् । महासेठसंग बिभिन्न सात ठाउँमा जग्गा तथा ५२ तोला सुन छ । महासेठ पत्नी जुली महतोका नाममा विभिन्न ८ वटा बैंकमा खाता रहेको देखाएपनि रकम भने उल्लेख गरिएको छैन ।

महासेठको ५ वटा कम्पनीमा ४० करोडभन्दा बढीको शेयर लगानी छ । उनले नबील बैंकबाट ३ करोड ऋण लिएको र एक करोड तिर्न बाँकी रहेको उल्लेख गरिएको छ । त्यस्तै तत्कालिन एस डेभलपमेन्ट बैंक लगायत विभिन्न बैंकबाट २१ करोड कर्जा लिएको विवरण पनि उल्लेख छ ।

त्यसैगरी अर्थमन्त्री युवराज खतिवडाको नाममा अकिकांश मन्त्रीको सम्पति न्यून देखिएको छ । रक्षामन्त्री इश्वर पोखरेल भन्दा पत्नी मिरा पोखरेल धेरै धनी देखिएकी छन् । सबै घरजग्गा श्रीमती पोखरेलकै नाममा रहेको देखिन्छ । पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा पैतृक सम्पति रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकमा ७ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।

त्यसैगरी टोखा–६ मा २३ आना जग्गामा बनेको ३ तले घर रहेको छ । भक्तपुर, नगरकोटमा ११ रोपनी ११ आना, धादिङको खानीखोलामा ४ रोपनी पाखो, ७–८ तोला सुन, चाँदी २२–२५ तोला तथा विभिन्न बैंक खातामा ६ लाख ४० हजार रुपैयाँ पनि श्रीमती पोखरेलको नाममा रहेको छ ।

यि सबै घरजग्गा बिक्री, पेवा र स्वआर्जनबाट प्राप्त भएको उल्लेख गरिएको छ । मन्त्री पोखरेलको आफ्नै नाममा भने झापामा १२ कट्ठा पैत्रिक सम्पति र ७ लाख रुपैयाँ बैक मौज्दात रहेको उल्लेख छ ।

सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितको नाममा विराटनगरमा १ कठ्ठा जमिनमा ५ कोठे घर रहेको छ । श्रीमती विमला पण्डितको नाममा १० तोला सुन र १५ तोला चाँदी रहेको छ । मन्त्री पण्डितको नाममा एभरेष्ट बैंकमा २५ लाख नगद रहेको छ । सवारी साधन विवरणमा मन्त्री पण्डितले आफ्नो नाममा पुरानो एउटा साइकल रहेको विवरण उल्लेख  छ ।

गृहमन्त्री रामबहादुर थापाको पनि पत्नीको नाममा सम्पति रहेको देखिन्छ । थापाकी पत्नी नैनकला थापाको नाममा चितवनको दुई ठाउँमा जग्गा रहेको छ । ति जग्गाहरु सगोलको पैतृक सम्पतिबाट आएको तथा नैनकलाको बाबुले आमाको मृत्यु पश्चात सम्झनामा दिएको रकमबाट किनेको उल्लेख छ ।

थापाले सुन ६ तोला र नगद तीन लाख जति रहेको पनि उल्लेख  छ । सुन माइतीबाट आएको र नगद साझेदारीमा रेष्टुरेण्ट चलाएको उल्लेख छ । त्यस्तै स्वकीय सचिव बिरु तामाङको खातामा ३ लाख ६० हजार रहेको उल्लेख छ । उनले सम्पति विवरणमा एउटा गाडी, छिमेकीले दिएको २ वटा कुकुर रहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नाममा एभरेष्ट बैंकमा ३ लाख ५७ हजार २ सय ८३ रुपैयाँ बचत देखिएको छ । कृषि विकास बैंकमा २ हजार रुपैयाँ रहेको छ । उनकी पत्नी सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाडौं–३१ मा ४ आना २ पैसा ३ दामको जग्गामा दुई तले घर रहेको छ । साथै २ तोला जति सुन रहेको उल्लेख छ ।

उर्जामन्त्री वर्षमान पुन र पत्नी ओनसरी घर्तीको नाममा घरजग्गा छैन । उनको सम्पति विवरणमा बाबु र आमाको नाममा रोल्पा र दाङमा  घरजग्गा रहेको उल्लेख गरिएको छ । १५ तोला सुन, चाँदी र ७ लाख नगद परिवारको सगोलमा देखिएको छ भने आफ्नो नाममा एभरेष्ट बैंकमा ३ लाख ५० हजार नगद मौज्दात देखिएको छ ।

यस्तै, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पनि आफ्नो नाममा घरजग्गा छैन । बाबुको नाममा खोटाङमा घरजग्गा रहेको छ । त्यसैगरी पोखरेलको नाममा दुई बैंक खातामा गरी ३ लाख ८० हजार रुपैयाँ नगद मौज्दात देखिएको छ । त्यसैगरी रुपाकोट सामुदायिक रेडियोमा ५ हजार कित्ता शेयर रहेको छ ।

उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको भने पुर्ख्यौली सम्पति पनि पत्नीको नाममा रहेको छ । प्रमिलादेवी यादवको नाममा सिराह, धनुषा र ललितपुरमा जग्गा रहेको छ । ति जग्गाहरुको प्राप्ति पुर्ख्यौली, स्वआर्जन र ऋण देखाइएको छ । आफ्नो, पत्नी तथा छोराको नाममा विभिन्न बैंक खातामा साढे ५ लाख रुपैयाँ रहेको पनि देखाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले जग्गा विक्री गरेबापत् गण्डकी बैंकमा १५ लाख ७ हजार ५ सय र पारिश्रमिक बापत एभरेष्ट बैंकमा ९ लाख ५० हजार रहेको विवरण पेश गरेका छन् । श्रीमती र उनको नाममा ६० तोला सुन र ३० केजी चाँदी रहेको उल्लेख छ ।

मन्त्री अधिकारीको गण्डकी विकास बैंकमा २६ हजार कित्ता सेयर र पानीखोला हाइड्रोपावरमा तीस लाख कित्ता सेयर छ । मन्त्री अधिकारीको नाममा जग्गा विक्री र पारिश्रमिकबाट २० लाखमा एउटा सेतो कार खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);