कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

इटहरी,४ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । सो जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै, उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै, श्रीमती बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । सो रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै, विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको सेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै, १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्र रहेको उल्लेख छ ।

विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन् ।

त्यस्तै, सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले इलामको रोङ गाउँपालिका ४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन् । १० तोला सुन र बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँबराबरको सेयर पुँजी रहेको राईले उल्लेख गरेका छन् ।

यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले पाँचथरको फालेलुङ १, फालुलुङ २ र झापाको मेचीनगर नगरपालिका–५ मा ६ कित्ता जग्गा रहेको सार्वजनिक गरेका छन् । यस्तै, ११ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता सेयर रहेको खुलाएका छन् ।

त्यस्तै, वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कठ्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् । उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठन भएको सय दिन पुग्नै लाग्दा बुधबार मात्रै मुख्यमन्त्री तथा मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राजधानी दैनिकबाट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);