मन्त्री भन्दा श्रीमती धनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्री भन्दा श्रीमती धनी

ushakala rai

काठमाडौं, ६ चैत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङभन्दा उनकी श्रीमती उषाकला राईको नाममा धेरै सम्पत्ति रहेको छ । मन्त्री तामाङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो, श्रीमतीको र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

के के छ राईसँग
उनले आफूसँग ३० तोला सुन, पुरानो बानेश्वरमा ६ आना जग्गा, गोकर्णमा ३ आना २ पैसा १ दामको जग्गा र त्यसमा बनेको घर, विभिन्न संस्थामा १५ लाखको सेयर, एउटा सानो मोटर कार, एउटा मोटरसाइकल, २ वटा ल्यापटप, २ वटा मोबाइल रहेको बताए ।

उनकी श्रीमती प्रदेश नम्बर १ की समानुपातिक सांसद उषाकला राईको नाममा मोरङको दुलारीमा साढे २ विगाहा जग्गा र खोटाङमा १ सय ५ रोपनी जग्गा रहेको जनाइएको छ । राईको माइती खोटाङ हो । आजकोनेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);