६ वर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

६ वर्षीया बालिका बलात्कृत

balika rape

ललितपुर,६ चैत । प्युटारमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन्।

बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन्। उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ। बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वाभाविकरूपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछइउँदै जाँदा बालिका बलात्कृत भइरहेको अवस्थामा भेटेको बताइएको छ।

ती महिलाले गाउँमा सबैलाई खबर गर्दा गाउँलेहरू भेला हुनुअघि नै अभियुक्त भागेका थिए। अभियुक्त फरार भएपछि प्रहरी चौकी आश्राङलाई खबर गर्दै गाउँलेहरूले खोजी कार्य तीव्र पारेका थिए।

घटनालगत्तै फरार भएका सोही गाउँकै आन्दाजी २५ वर्ष कृष्णबहादुर बोम्जनलाई प्रहरीले पक्राउ गरेको बागमती गाउँपालिका–४ प्युटारका वडा अध्यक्ष नारायणबहादुर घलेले बताउनुभयो। उनलाई प्रहरी र गाउँलेले साँझ ५ बजे मकवानपुरको बक्कैया गाउँपालिका–१० बाट समातेका थिए।

पीडित बालिकाले आफूलाई चकलेट दिन्छु भन्दै घरनजिकैको जंगलमा लगेर जबरजस्ती गरेको बयान दिएको वडा अध्यक्ष घलेले बताउनुभयो। कक्षा एकमा अध्ययनरत बालिकाको स्वास्थ्य परीक्षणका लागि थापाथली अस्पताल पठाएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।

‘मकहाँ बालिका बलात्कृत भएको भन्दै आइपुग्यो। लगत्तै हामीले बालिकाको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइसकेका छौं।’ –रेग्मीले भन्नुभयो। आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);