कानूनको मस्यौदा तयार पार्न कानून मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कानूनको मस्यौदा तयार पार्न कानून मन्त्रालयको निर्देशन

kanun mantri

काठमाडौं, ६ चैत । कानून मन्त्रालयले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणका लागि सम्बन्धित मन्त्रालयहरुलाई १५ दिनभित्र मस्यौदा तयार गर्न निर्देशन दिएको छ ।

कानूनको अभावमा केन्द्रदेखि स्थानीय तहसम्मका काम प्रभावित भएको गुनासा आइरहेका बेला कानून मन्त्रालयले सम्बन्धित सबै मन्त्रालयहरुलाई १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न निर्देशन दिएको हो । संविधान जारी भएको तीन वर्षभित्र सबै कानून निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार कानून निर्माणका लागि अब ६ महिना मात्र बाँकी छ ।

समयको चाप रहेकै कारण सम्बन्धित मन्त्रालयहरुलाई १५ दिनभित्र मस्यौदा तयार पारेर सहमतिका लागि आफ्नो मन्त्रालयमा पठाउन निर्देशन दिइएको कानूनमन्त्री शेरबहादुर तामाङले बताए ।

मन्त्रालयका अनुसार मौलिक हक, सामाजीक सुरक्षा, लोकसेवा आयोग लगायत संवैधानिक निकायसँग सम्बन्धित ४१ वटा विषयमा नयाँ कानुन बनाउन बाँकी छ । कानून मन्त्रालयले आफूसँग सम्बन्धित कानूनको मस्यौदा १० दिनभित्र तयार पारिसक्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);