तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत 

तेह्रथुम। तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);