अदालतको पछिल्लो अन्तरिम आदेशपछि एमालेका स्थायी कमिटी सदस्यहरुसंग प्रधानमन्त्रीको छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अदालतको पछिल्लो अन्तरिम आदेशपछि एमालेका स्थायी कमिटी सदस्यहरुसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि बालुवाटारमा अनौपचारिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक नभनी नेताहरूसँग अनौपचारिक छलफल गर्न बैठक बोलाएको एमाले नेता शेर बहादुर तामाङले जानकारी दिएका हुन् । उनका अुनसार अहिले पनि छलफल जारी रहेको छ ।

स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वोच्चको आदेशबाट पदमुक्त भएका एमालेका मन्त्रीहरूसहित छलफल गर्दैछन् । पार्टीभित्र पछिल्लो विवाद र एकताको प्रयासका बारेमा पनि नेताहरूले जानकारी गराएका छन् ।

आजकौ बैठकमा भने माधव पक्षको सहभागिता रहेको छैन । माधव नेपाल कुनै पनि हालतमा एमालेमा बस्न नचाहेको निष्कर्ष नेताहरुले बैठकमा सुनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);