सय दिने कार्यक्रममा ९५ प्रतिशत सफलता : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सय दिने कार्यक्रममा ९५ प्रतिशत सफलता : मन्त्री अधिकारी

rabindra

काठमाडौं, ११ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कैयौ समस्या र प्रश्नै प्रश्नकाबीच आफुले १ सय दिनमा गर्ने गरि सार्वजनिक गरेको कार्यक्रममा ९५ प्रतिशत सफलता हासिल गर्न सक्षम भएको दाबी गरेका छन् ।

सरकार गठन भएको एक सय दिनमा मन्त्रालयबाट भए गरेका कामको प्रगती विवरण सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले २१ घण्टा सञ्चालनमा आएको बताए ।

त्यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणको लागि वातावरणीय प्रभाव मुल्यांकन स्वीकृति भएको छ । उनले यसलाई आफ्नो सफलता मानेका छन् ।

त्यसैगरी रानीपोखरी भित्र अवस्थित बालगोपालेश्वर मन्दिर पुर्ननिर्माणको काम पनि सुरु भएको छ । पत्रकार सम्मेलनमा मोदी भ्रमणका कारण विभिन्न क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको जस्ता विषयहरुलाई पनि समेटेर कार्यप्रगतिको फेयरिस्त प्रस्तुत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);