नेपाल कम्युनिष्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ११ जेठ । एमाले र माओवादी एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगमा यसअघि नैं नेपाल कम्युनिष्ट पार्टी दर्ता भएकोमा त्यही नाममा नयाँ पार्टी दर्ता भएको भन्दै सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले उजुरी दिएका हुन् । उजुरीमा नेपाल कम्युनिष्ट पार्टी पहिले नैं निर्वाचन आयोगमा कायम रहेको तर केपी शर्मा ओली र पुष्पकमल दाहालले त्यसको अध्यक्ष भन्दै दाबी गरेकाले आवश्यक छानविन गर्न उनले माग गरेका छन् ।

उजुरीमा नेपालको संविधानले पहिले कामय रहेको दल वा चिन्ह अर्को दलले प्रयोग गर्न नपाउने संवैधानिक व्यवस्थाविरुद्ध सरकामा सहभागी दल नैं उभिनुले लोकतन्त्रको उपहास गरेको उल्लेख छ ।

एमाले र माओवादी एकीकरण घोषणापछि ‘नेपाल कम्युनिष्ट पार्टी’ नाममा दर्ता गर्न निर्वाचन आयोग गएकोमा त्यहि नाममा अर्को दल भएको थाहा भएपछि अन्डरलाइन गरेर दर्ता निवेदन दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);