'नेकपा' पार्टी निर्वाचन आयोगमा दर्ता होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, ३ जेठ । एमाले र माओवादीले एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय गरेपनि निर्वाचन आयोगमा दर्ता गर्न समस्या पर्ने देखिएको छ । नेकपा नामको पार्टी २०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।

सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूले ६ वर्षअघि नै पार्टी दर्ता गराएकाले त्यही नामको पार्टी दर्ता हुनै नसक्ने बताएका छन् । सत्ताशक्तिको प्रयोग गरी दर्ता गराए अदालतसम्म जाने उनले चेतावनीसमेत दिएका छन् ।

निर्वाचन आयोगले पनि एउटै नामको दुईवटा पार्टी दर्ता हुन नसक्ने बताएको छ । तर, एमाले र माओवादबीच पार्टी एकताको खाका बनाउन गठित पार्टी एकता संयोजन समितिले नयाँ पार्टीको नाम नेकपा राख्ने निर्णय गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);