सर्वोच्चको फैसला पछि ओली र दाहाल –नेपाल पक्षलाई नयाँ दल खोल्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्वोच्चको फैसला पछि ओली र दाहाल –नेपाल पक्षलाई नयाँ दल खोल्न बाध्य

काठमाडौ, २३ फागुन । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई नाम दिएपपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको र दाहाल–नेपालले नेतृत्व गरेको पार्टीलाई नयाँदल दर्ताको बाटो खुला गरिदिएको छ ।

निर्वाचन आयोगले नेकपाको नाम कट्टेल नेतृत्वलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र व्यसतिएको छ । तर त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न भने कानुनी अड्चन देखिएको छ । किन भने तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती नाम निर्वाचन आयोले अरुलाई नै दिईसकेको छ।

निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन्। त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए।

अहिले पनि निर्वाचन आयोगमा यी दुबै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्।

पार्टी विभाजनको अपजस लिन तयार नभई निर्वाचन आयोगको निर्णय कुरे बसेको नेकपाको दुबै पक्षले भने अब नयँ नाम राखेर दल दर्ता गर्नुपर्छ । एमाले र माओवादी केन्द्रका नाममा दल दर्ता गर्दा अहिलेको हविगत ब्यहोर्नु पर्ने भएकोले अब लग अलग दल दर्ता गर्न बाटो खुलेको छ। यसले पार्टीहरुबीच सरकार बनाउन नयाँं समीकरण बनाउन सक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);