ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट

nepal airlines

काठमाडौं, ११ भदौ । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यस्तो घोषणा गरेका हुन् ।

उनले वायुसेवा सञ्चालक कम्पनीहरूसँग छलफल गरी सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा यस्तो सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए । उनले अब छिटै लागू हुने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्बोधन गर्दा सम्माननीय भनिन्छ भन्दै अब सम्माननीय उपाधि प्राप्तबाहेकलाई यस्तो व्यवस्था नहुने नीति लिइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन योग्य बनाउने, नेपाल वायुसेवा निगमलाई सुधार्नेलगायत केही महत्वाकांक्षी योजनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका मन्त्री भट्टराईले भने, ‘मुलुकको पर्यटन विकासमा सबैको सहकार्य हुनुपर्छ ।’

चालू आर्थिक वर्ष २०७६÷७७ मा मन्त्रालय र मन्त्रालयअन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गर्दै उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि सुनाए । यसैगरी, उनले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र २० लाख पर्यटक भिœयाउने लक्ष्यलाई सहयोग हुनेगरी केही कार्यक्रम घोषणा गरे । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);