आज इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र, देशभर हर्षोल्लासका साथ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र, देशभर हर्षोल्लासका साथ मनाइँदै

eid

काठमाडौं, २२ जेठ । इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र पर्व आज देशभर हर्षोल्लासका साथ मनाइरहेका छन् ।

बिहानदेखि मस्जिदहरुमा मुश्लिम धर्मावलम्बीहरु भेला भई कुरान पढ्नुका साथै एक अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । महिना दिनसम्म व्रत बसेर रमजानको अन्त्यमा यो चाड मनाउने गरिन्छ । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ’इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ । इदका दिनबाट रमजान सकिनेछ र एकदिन अगाडि नै यस वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ’इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ ।

चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब ’हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरिएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);