आइस्पानद्वारा श्रावणदेखि देशभर इन्टरनेटको मूल्य बढाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आइस्पानद्वारा श्रावणदेखि देशभर इन्टरनेटको मूल्य बढाउने निर्णय

internet

काठमाडौं, २२ जेठ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएशन अफ नेपाल (आइस्पान) ले देशभर इन्टरनेटको मूल्य बढाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा इन्टरनेट सेवामा लगाइएको कर नघटाउने भएपछि साउनदेखि २० प्रतिशत मूल्य बढाउने निर्णय आइस्पानले गरेको हो । यसअघि इन्टरनेट सेवाप्रदायकलाई ११ प्रतिशत कर लगाइँदै आएको थियो । आगामी आवको बजेटमा सरकारले इन्टरनेट सेवामा लाग्ने १३ प्रतिशत शुल्कलाई निरन्तरता दिएको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सो सेवाशुल्क घट्ने आश्वासन दिए पनि उनको भनाइ लागू हुन नसकेको व्यवसायीको आरोप छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले इन्टरनेटका कारण भ्वाइसबाट प्राप्त हुने आम्दानी गुमाएको भन्दै अर्थ मन्त्रालयले इन्टरनेटमा कर लगाएको प्रष्टोक्ति दिएको छ । भाइबर, ह्वाट्सएप, म्यासेन्जरजस्ता इन्टरनेटको माध्यमबाट कल गर्न मिल्ने सेवाका कारण दूरसञ्चार कम्पनीहरूले अन्तरराष्ट्रिय कलबापतको आम्दानी गुमाउँदै गएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);