अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा

काठमाडौं। भारतीय अभिनेत्री काव्या थापरलाई जुहू न्यायिक हिरासतमा छिन् । उनीलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा राखिएको हो ।

काव्या तमिल र तेलुगू फिल्मकी अभिनेत्री हुन् । उनलाई जुहूको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उनले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उनले प्रहरीमाथि दुर्व्यवहार गरेकी थिइन् । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।

२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गरेकी हुन् । पढाइ पूरा गरेपछि उनी ग्ल्यामर क्षेत्रमा आएकी थिइन् । उनले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यू गरेकी थिइन् ।

यो फिल्मपछि उनले तेलुगू फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबीबीएस’मा अभिनय गरिन् । काव्या सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्ना बोल्ड तस्वीर र भिडियो पोस्ट गरिरहन्छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);