नेत्रदानको कथामा ‘थर्ड आई’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेत्रदानको कथामा ‘थर्ड आई’

काठमाडौं । आफ्नो जीवनपछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव न्यौपानेको अभिनय छ ।

निर्देशक अधिकारीले दुई आँखाको दृष्टि गुमेपछि अरु कसैसँग लिएको तेस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई फिल्ममा देखाइएको बताए । चितवनमा निर्माण गरिएको यो फिल्म एक घण्टाको छ । फिल्म यही फागुनको अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता विनोद मिश्र र कार्यकारी निर्माता केडी प्रेषित छन् ।

फिल्ममा साहित्यकार आरती अधिकारीको कथा, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन, विमल लामाको संगीत छ । निर्देशक अधिकारीका अनुसार फिल्मलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक पमा नेपालमा प्रदर्शन गरिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);