नवनिर्वाचित सांसदहरूकाे प्रतिबद्धता : अब जुम्लामा जथाभावी सडक खन्न दिदैनाैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवनिर्वाचित सांसदहरूकाे प्रतिबद्धता : अब जुम्लामा जथाभावी सडक खन्न दिदैनाैं

जुम्ला। जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही, प्रदेशसभा सांसदद्धय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्यालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बुधबार आयाेजना गरकेाे बधाई कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रतिनिधिसभा सांसद शाहीले जुम्लाका हरेक नागरिकको समस्या समाधानका लागि पहल गर्ने बताए । उनले भ्रष्टाचारका कारण देश बिग्रिएकाे र अब भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने घाेषणा गरे। उनले भने ‘जुम्लामा सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरो बढेकाे छ । अनाश्वक सडक अब निर्माण गरिदैन । अहिले भएकै सडकमा सवारीसाधन सन्चालन हुन सकेकाे छैन । जथाभावी सडक खन्दा आएकाे बाढीपहिरोले मान्छेले ज्यान समेत गएकाे छ। ‘त्यस्तै प्रदेश (क) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले कांग्रेसले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित गराएकाे बताए । उनले भने, ‘पार्टीले अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु पर्‍यो । अब आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासमा लाग्छाै ।’ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद टेकराज पछाईले जुम्ला समृद्ध बनाउने मेरो योजना रहेको बताए । उनले भने, ‘प्रदेशसभा (ख)तर्फ जुम्लामा चार गाउँपालिका छन् । यिनै पालिकामध्ये सबैभन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडि परेकाे छ । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने छ।’

सिंजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्म-गमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामविरुद्ध खबरदारी गरिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);