प्रचार–प्रसारको अभावमा 'बाराह क्षेत्र' ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रचार–प्रसारको अभावमा ‘बाराह क्षेत्र’ ओझेलमा

गोपाल पोखरेल
उदयपुर, २९ फागुन । उदयपुर र सुनसरी जिल्लाको सिमानामा पर्ने सप्तकोसी र कोकाहा नदीको काखमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल बराहक्षेत्र प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ । बराहको मन्दिर किराँत, सेन, मल्ल तथा तत्कालीन भारतीय राजाहरुबाट समेत समय–समयमा जीर्णोद्धार र पुर्नउत्थान हुँदै आएको भएपनि व्यापक प्रचार प्रसार हुन नसक्दा बराहक्षेत्र ओझेलमा परेको हो ।

नेपाल र भारतमा रहेका चारवोटा प्राचिन मन्दिरमध्ये एक मानिने बराह भगवान बिष्णुको १० अवतारमध्ये तेस्रो अवतार मानिन्छ । पितृ उद्धारको पवित्र धाम मानिने बराह क्षेत्रमा श्राद्ध, ब्रतबन्ध, विवाह, पुराणलगायतका विविध धार्मिक कार्य हुने गर्दछन् । दैनिक २ हजार देखि ७ हजार दर्शनार्थी आउने नेपाल तथा भारतका हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र रहेको भएपनि यसको प्रचार र प्रसार हुन नसक्दा महत्व ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

बराह क्षेत्रको कोकाहा नदीको जलमा बराह भगवानले आफ्ना पित्रीको उद्धारका लागि श्र्राद्ध गरेकोले त्यही समयबाट यहाँ पित्री उद्धारका लागि स्राद्ध गर्ने चलन सुरु भएकोले पितृ उद्धारका लागि पृथ्वीकै एक मात्र पवित्र स्थल बराहक्षेत्रलाई मान्ने गरिन्छ ।

धार्मिक किम्बदन्ती अनुसार हिरन्याक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातलमा डुवाई मानव सृष्टी रोकेपछि भगवान बिष्णुले बराह अर्थात बँदेलको रुपलिई रसातलमा गई पृथ्वीलाई उठाएर स्थापित गरेको र हिरन्याक्ष राक्षसको बध गरेर यस क्षेत्रमा आई भगवान विष्णु बस्नु भएकाले बराह क्षेत्र नाम रहन गएको बिश्वास गरिन्छ ।

यस्तो इतिहास र धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको प्राचिन तथा ऐतिहासिक बराह क्षेत्रको सम्बद्र्धन हुन सके यसले समग्र मुलुकलाई नै फाइदा पुग्ने बराहक्षेत्र संरक्षण मन्चका सचिव राजु घिमिरे बताउँछन् ।मन्दिर संरक्षण र प्रचारप्रसारका लागि सरकार तथा अन्य निकायलाई पटक–पटक आग्रह गरेपनि कुनै निकायले सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।

पछिल्लो समय सप्तकोसी र कोकाहा नदीमा हरेक बर्षायाममा आउने बाढीले बराहक्षेत्रलाई कटान गरिरहेकाले यसको संरक्षण र प्रचारप्रसार दुबैमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);