कमल थापाले दिए जनमत संग्रह गर्न माधव नेपाललाई चुनौती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कमल थापाले दिए जनमत संग्रह गर्न माधव नेपाललाई चुनौती

काठमाडौं, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जनमत संग्रह गर्न चुनौती दिएका छन् । नेपालले पुर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न दिएपछि त्यसको जवाफमा थापाले खुलापत्रमार्फत चुनौती दिएका हुन् ।

“राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर माधव नेपाल अझै भ्रमबाट मुक्त हुन नसकेको देख्दा उदेक लागेको छ।” थापाले लेखेका छन्–“२०६२÷६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर बिदेशीको दवाव र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रुपान्तरण भएको छ। ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। शायद तपाईंको पनि नाम मुछिएको छ।”

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन बिदेशीको नेपालमा आशिर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको थापाको आरोप छ । देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरु बिदेशिन बाध्य भएको भन्दै पुर्व उपप्रधानमन्त्री थापाले धर्मपरिवर्तनको डढेलोले देश आक्रान्त भइसकेको पनि उल्लेख गरेका छन् ।

संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक सो विषयमा जनतालाई नै सोध्नुपर्ने थापाको तर्क छ । नेता नेपाललाई चुनौती दिंदै थापाले लेखेका छन्,“हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्ने वारे जनमत संग्रह गरौँ। सँधैको लागि यो विवादको छिनोफानो गरौँ।”

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);