सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकताबद्ध हुन राप्रपाको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सम्पूर्ण राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेको हो ।

बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिकामा भारतले अनधिकृत रुपमा पुल बनाएकोमा आपत्ति जनाउँदै कूटनीतिक रुपमा विरोध गर्न सरकारसँग माग समेत गरेको छ ।

राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुबीच एकताका लागि आह्वान गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीले आगामी बैशाख ७, ८ र ९ गते पर्साको वीरगंजमा पार्टीको केन्द्रिय परिषद बैठक बोलाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी त्यसअघि चैत्र ८ र ९ गते केन्द्रिय अनुशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरुबीचको एकता अनिवार्य रहेको धारणा राखेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);