राष्ट्रियसभा सदस्यको सुनुवाई आज पनि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रियसभा सदस्यको सुनुवाई आज पनि स्थगित

काठमाडौं, २२ फागुन । राष्ट्रियसभा सदस्यमा पछिल्लोपटक मनोनित भएका तीन जनासम्बन्धी मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दाको सुनुवाई समय अभावका कारण हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ ।

आइतबार निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरकालीन आदेश जारी गरेकाले उनले नै मुद्दा फेर्न नमिल्ने कुरा उठाएपछि इजलास स्थगित भएको थियो ।

हिजो सर्वोच्चका पूर्व न्यायाधीश रामनगिना सिंहको निधनमा इजलास स्थगित हुँदा मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।

कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस उल्ट्याउँदै नयाँ सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, राम नारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन्।

विवाद अदालतमा पुगेपछि फागुन १३ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न आदेश दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);