सन्दीपको मुद्दा राईको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सन्दीपको मुद्दा राईको एकल इजलासमा

sandeep lamichhane

काठमाडौं, १६ जेठ । आज क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश शंकर बहादुर राईको एकल इजलासमा परेको छ । सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौंको इजलास नम्बर १८ मा राईले सुनुवाइ गर्ने गरी मुद्दाको पेसी तोकिएको हो ।

न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले किशोरीको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धि प्रमाण जुटाउन आदेश दिएको हो ।

यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिदै आएपनि सुनुवाई स्थगित हुँदै आएको थियो । सन्दीपविरुद्ध गत भदौ ५ गते आफूमाथि पटक–पटक बलात्कार गरेको आरोपमा एक किशोरीले जाहेरी दर्ता गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);