मलेसियामाथि नेपालको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं । दोस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ ।

नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो । यस जितसँगै नेपालले पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १–१ को बराबरी गर्न सफल भएको हो ।

मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २९ रनको योगदान दिइन् । साथै, कविता कुँवरले २६ तथा सीता रानामगरले २३ रन बनाए ।

मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले समान १÷१ विकेट लिए ।

नेपालले जेठ १८ मा तेस्रो खेल खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);