महिला टी–ट्वान्टी आई सिरिजको फाइनलमा नेपालले हङकङलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

महिला टी–ट्वान्टी आई सिरिजको फाइनलमा नेपालले हङकङलाई हरायो

काठमाडौं । महिला टी–ट्वान्टी आई सिरिजको फाइनल खेलमा नेपालले हङकङलाई पराजित गरेको छ ।

नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस मेथड अनुसार विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।

नेपालका लागि इन्दु बर्माले १९ तथा सीता रानामगरले १३ रन बनाएकी थिईन् । हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् ।

बलिङ तर्फ नेपालकी खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १÷१ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);