कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै, यी हुन् १० एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै, यी हुन् १० एजेण्डा

काठमाडौं, २ साउन । नेपाली काँग्रेसको आजदेखि केन्द्रिय कार्य समितिको बैठक बस्दैछ । बैठकका लागि दश वटा एजेण्डा तय भएको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो ।

पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुनेछ ।

कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

पार्टीभित्र बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ । कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);