नेपाल सरकारलाई टिकटकले पठायो पत्र | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

नेपाल सरकारलाई टिकटकले पठायो पत्र

काठमाडौँ, २० मंसिर । सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ ।

टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ ।

मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।

सरकारले गत कात्तिक २७ गते टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

ताजा समाचार