अमेरिकी ग्रीनकार्ड दुई महिनासम्म बन्द गर्ने ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अमेरिकी ग्रीनकार्ड दुई महिनासम्म बन्द गर्ने ट्रम्पको घोषणा

trump tv address

एजेन्सी, १० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति, ग्रीनकार्ड दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गर्नु भएको छ । ट्रम्पले यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुने तर अस्थायी रुपमा काम गर्न अमेरिका जानेहरुका लागि नहुने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताउनु भयो । आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिने ट्रम्पको भनाइ छ ।

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पले उल्लेख गर्नुभयो । अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कठोर कार्यकारी आदेश तयार भएर हस्ताक्षरका लागि आउने छ ।

यो आदेश कठोर हुने छ । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिनु भएको थियो । तर, यसबारे थप व्याख्या गरिएको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);