कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा

एजेन्सी, २१ पुष । कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै बेलायतमा लकडाउनको घोषणा गर्नुभएको हो ।

देशवासीको नाममा सम्बोधन गर्दै उहाँले कोरोना भाइरसको नयाँ लहर अनुसार संक्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताउनुभएको छ । साथै प्रधानमन्त्री जोनसोनले सबैजनालाई घरभित्रै बस्न आग्रह समेत गर्नुभएको छ ।

लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यसम्म हुने बताइएको छ । दैनिक अभ्यास, अस्पताल, घरेलु हिंसालगायत अतिआवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने बताइएको छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको संक्रमण देखा पर्न थालिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);