कोरोनाभाइरस : २ लाख ७२ हजारभन्दा बढी संक्रमित उपचार पछि निको | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाभाइरस : २ लाख ७२ हजारभन्दा बढी संक्रमित उपचार पछि निको

coronavirus recovered

एजेन्सी, २४ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका संक्रमित मध्ये २ लाख ७२ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्केका छन् ।  विश्वभर कोरोना संक्रमित १२ लाख ८५ हजार मध्ये २ लाख ७२ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्केका हुन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार ३ सय ३४ पुगेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय भन्दाबढी पुगेको छ । त्यहाँ ३ लाख ३६ हजार ६ सय ७३ जना संक्रमित भएका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ भने संक्रमितको संख्या एक लाख ३१ हजार ९ सय ४८ छ । त्यस्तै स्पेनमा कोरोना संक्रमणबाट १३ हजार ५५ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या एक लाख ३१ हजार नाघेको छ । फ्रान्समा ८ हजार ७८ र इरानमा ३ हजार ७ सय ३९, जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी बेल्जियममा १ हजार ६ सय ४७ र नेदरल्याण्ड्समा १ हजार ७ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);