वर्तमान सरकार सबै अवरोध हटाएर अघि बढेको छ : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वर्तमान सरकार सबै अवरोध हटाएर अघि बढेको छ : मन्त्री ढकाल

काठमाडौं, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार सबै अवरोध हटाएर अघि बढेको दाबी गर्नुभएको छ ।

बिहीबार पाल्पा ब्यापार संघले आयोजना गरेको प्रथम व्यापार एवं पर्यटन महोत्सको उद्घाटन गर्दै मन्त्री ढकालले यस्तो बताउनु भएको हो ।

मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा सुधार देखिने गरी सरकारी तरवरबाट काम अघि बढिरहेको बताउनुभयो । फरक प्रसंगमा मन्त्री ढकालले चिनमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमण नेपालमा नरहेको दावी गर्नुभएको छ ।

केही गैर जिम्मेवार पक्षले नेपालमा कोरोनाको संक्रमण फैलिएको हल्ला मच्चाएको भन्दै उहाँले प्रमाणीत गरेर देखाउन चुनौती दिनुभयो । मन्त्री ढकालले संवेदनशील भएर मात्र कोरोना भाइरको समचार सम्प्रेषण गर्न संचारमाध्यमलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);