स्थानीयको सक्रियतामा विकास : ७ दिनमै तटबन्द निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्थानीयको सक्रियतामा विकास : ७ दिनमै तटबन्द निर्माण

7 din mai tatbanda

डडेल्धुरा, १ फागुन । स्थानिय सरकारले काम सुरु गरेपछी पनी धेरै स्थानिय तहमा राम्रोसंग पुर्वाधार निर्माणका काम हुन नसकेका समाचार धेरै आउने गरेका छन् । जनप्रतिनिधिले आस मात्र देखाएको आरोप पनी धेरै लाग्ने गरेका छन् । तर स्थानिय तहले चाहेमा काम हुन्छ भन्ने उदाहरण बनेको छ, डडेल्धुराको आलिताल गाउँपालिका ।

स्थानीय सरकारले चाह्यो भने निकै द्रुत गतिमा पनि काम सम्पन्न गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ । डडेलधुराको आलिताल गाँउपालिकाले स्थानियको घरखेत नै बगाउने खहरे खोलाको बाढीको समस्यालाई ७ दिनमा नै समाधान गरेको छ । गाउँपालिका–८ मा रहेको चिरान खहरे खोलामा ७ दिनमै तटबन्द निर्माण गरिएको छ ।

तटबन्द आलिताल गाउँपालिकाको र एकिकृत विकास समाजको संयुक्त लगानीमा चिरान खहरे खोला उपभोत्ता समितीले निर्माण गरेको हो ।खेतबारीलाई नै बगर वनाईदिने खोलामा तटबन्द निर्माण भएपछि यस क्षेत्रका ३६ घरपरिवार खुशी भएका छन् ।

चिरान गाउँनै खहरेखोलाको जोखीममा रहेकाले एकिकृत समाज बिकाससँगको सहकार्यमा एक महिनाको काम स्थानिय सरकारले ७ दिनमा नै सम्पन्न गरेको हो ।

तटबन्द निर्माणमा साझेदारी एकिकृत विकास समाज डडेल्धुराको एक लाख १७ हजार सहयोग र गाउँपलिकाको  ५ लाख सहयोग रहेको उपभोक्ता समितीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);