शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २३ मंसिर । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १३ दशमलव ५१ अंकले बढेर परिसूचक एक हजार एक सय ४८ दशमलब आठ नौ अंकमा पुगेको छ ।

१ सय ७३ कम्पनीका १४ लाख ५९ हजार ७ सय कित्ताशेयर ७ हजार ६ सय २७ पटकको कारोबारबाट ४६ करोड ४२ लाख २० हजार ३ स ९२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २दशमलव ६५ अंकले बढेर २ सय ५३ दशमलब एक सात अंकमा पुगेर बन्द भएको छ । अन्य र म्युचुअल फण्ड समूहबाहेक सबैको परिसूचक उकालो लागेको छ ।

नेपाल बैंक लिमिटेडको २ करोड ३० लाखको शेयर कारोबार भएको छ । सुमिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने नबिल इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब सात चार प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);