खाद्यको लापार्बाही : व्यवस्थापकीय कमजोरीेले राज्यकोषमा ढेड करोड क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खाद्यको लापार्बाही : व्यवस्थापकीय कमजोरीेले राज्यकोषमा ढेड करोड क्षति

tarkari kheti

काठमाडौं, २३ मंसिर । कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य तथा अन्न समयमा नै बिक्रीवितरण गर्न नसक्दा राज्यकोषको ढेड करोड बढी क्षति हुने अवस्था आएको छ ।

५ वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तुहरू समयमा नै बिक्रीवितरण गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् । जसका कारण राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको हो । ती खाद्य सामग्री अहिले लिमिटिडको थापाथली गोदाममा नै थन्कन पुगेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको तथ्यांकअनुसार ६ सय ७५ क्विन्टल कर्णालीको सिमी बजारमा बिक्रीवितरण हुन नसक्दा कामै नलाग्ने अवस्थामा पुगेको छ ।

यसैगरी, फापर १ सय ५६ क्विन्टल र १ सय २५ केजी पनि थन्किएको छ । कम्पनीले कर्णालीको सिमी प्रतिकेजी १ सय ३० मा बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन । कम्पनीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा कर्णालीबाट ल्याइएका सिमी, फापरलगायतका खाद्य वस्तुहरू प्रभावकारी रूपमा बिक्रीवितरण हुन नसकेका हुन् ।

यसैगरी कम्पनीले फापर प्रतिकेजी ८० रुपैयाँमा उपलब्ध गराए पनि फापर पनि उल्लेख्य रूपमा बिक्री हुन सकेको छैन । कम्पनीले हाल बिक्री गर्दै आएको सिमी र फापरको मूल्यको हिसाब गर्दा १ करोड ५९ लाख मूल्य बराबरको सिमी र फापर बिक्री नभएर गोदाममै थन्किएको हो ।

यस्तै, कम्पनीका अनुसार १९ लाख ६ हजार २ सय ३० मूल्य बराबरको उवा र फापरको पिठो गोदाममै कुहिसकेको छ । खाद्य कम्पनीको गोदाममा उवा ११ क्विन्टल ७३ केजी र फापरको पिठो १ क्विन्टल ५६ केजी कुहिएको छ । कर्णालीको अमूल्य उवा प्रतिकेजी १ सय ५० मा बिक्री हुने गरेको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);