घुससहित समातिए प्रहरीका सई | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

घुससहित समातिए प्रहरीका सई

pakrau

काठमाडौं, २३ मंसिर । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई १० हजार घुस लिंदालिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केसमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले १० हजार रकम घुस लिएका थिए ।

उनले पिडितसँग २५ हजारदेखि मोलमोलाइ सुरु गरेका थिए । पक्राउ परेका प्रनानि केसीलाई अख्तियारको टोलीले नेपालगञ्ज लगेको छ । प्रहरी नायव निरीक्षक केसी इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत थिए । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।