३ लाख घुस लिँदै गर्दा प्रहरीका असई अख्तियारको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

३ लाख घुस लिँदै गर्दा प्रहरीका असई अख्तियारको फन्दामा

काठमाडौं, ८ माघ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीको परिचालन कक्षमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

राजधानीको पेप्सिकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज कब्जामा लिएर बार्गेनिङ गरिरहेका असई खड्काले ३ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तीन लाख घुससहित असइ खड्का बालाजु माछापोखरीमा पक्राउ परेको र उनीमाथि अनुसन्धान सुरु भएको आयोगका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);