सरकार र एडिबिबीच चार नयाँ परियोजना निर्माणका लागि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार र एडिबिबीच चार नयाँ परियोजना निर्माणका लागि सम्झौता

adb samjhauta

काठमाडौं, २४ मंसिर । एसियाली विकास बैंक एडिबि र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।  सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबिसँग सम्झौता गरेको हो ।

ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदिको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५-५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभयो । त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताउनुभयो ।

एडिबिले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);